हामीसँग जोडिनुहोस

पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

0 मिनेट

 २२ वैशाख,एजेन्सी।

युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ ९मार्च २३० आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो ।

शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा स्थापित भएको छैन तर सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सामाजिक सञ्जाल एक्समा ‘रुवाण्डा सेना र उसको एम२३ आतंकवादी समर्थकहरू’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाए।

किन्सासा, संयुक्त राष्ट्रसंघ र पश्चिमी मुलुकहरूका अनुसार छिमेकी रुवाण्डाले एम २३ लाई समर्थन गरिरहेको छ तर यसलाई किगालीले अस्वीकार गरेको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।