हामीसँग जोडिनुहोस

विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं

1 मिनेट

काठमाडौं,२२ वैशाख।

डढेलो र आगलागीका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा प्रदूषण बढेको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार शनिबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक २०२ पुगेको छ ।

शनिबार काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा दोस्रो नम्बरमा सूचीकृत छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरुञ्जेल र हावाको मात्रा नबढुञ्जेलसम्म प्रदूषण हट्ने सम्भावना छैन । यद्यपि आगामी सोमबार भने पश्चिमी वायुको प्रभावले उपत्यकामा वर्षाको सम्भावना रहेकाले प्रदूषण केही मात्रा हट्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए।

केही दिनको उच्च तापक्रम भने अहिले घट्दो क्रममा छ। सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवामा आज ३७ देखि ३९ डिग्री सेल्यिससम्म पुग्न सक्ने अनुमान गरिएको छ। शुक्रबार भैरहवामा ३९।२ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यस्तै काठमाडौं ३१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।