हामीसँग जोडिनुहोस

‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई ३५ दिनभित्र कर बुझाउन पत्राचार

1 मिनेट

काठमाडौँ,२२ वैशाख।

काठमाडौँ महानगरले ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’लाई ३५ दिनभित्र कर बुझाउन पत्राचार गरेको छ।

लामो समयदेखि बहाल कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरले पत्र लेखेको हो। आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ।

कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेकाले कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो।

यो विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो। यसपछि टोलीले कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताए।

लामो समयसम्म बक्यौता रकम तिर्न आलटाल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन दिएको छ।

घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। आरबी कम्प्लेक्समा ३१५ व्यवसायी र पिपुल्स प्लाजामा १६० व्यवसायी छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।