श्रावण २३ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा थुनुवा भेट्न गएका एक युवक लागुऔषधसहित प्रहरी कार्यालयभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा भेट्न गएका बिर्तामोड नगरपालिका १ बस्ने २४ वर्षीय विशाल शाक्यलाई ०.१७ मिलिग्राम ब्राउन सुगर, ०.६९ मिलिग्राम गाँजा र एक थान ब्लेडसहित पक्राउ गरिएको हो ।