२ जेठ,काठमाडौँ ।
इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज एक खेल हुने छ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।
त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।
यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ ।