
२३ जेठ, काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।
लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि उनले राष्ट्रपति द्रौपदी मुर्मीसमक्ष राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति मुर्मुले मोदीको राजीनामा स्वीकृत गरिसकेकी भारतीय सञ्चार माध्यमले जनाएका छन् । पदबाट राजीनामा दिए पनि जुन ८ सम्म मोदी नै भारत सरकारका कामचलाउ प्रधानमन्त्री हुनेछन् ।
लोकसभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै भारतमा नयाँ सरकार गठनको पल सुरु भएको छ ।