हामीसँग जोडिनुहोस

मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने

1 मिनेट

२४ जेठ,एजेन्सी।

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८  मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा जनता दल युनाइटेड प्रमुख नीतीश कुमार र तेलुगु देशम पार्टी ९टीडीपी० प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उनीहरुको दलको समर्थन महत्त्वपूर्ण छ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा २७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले २४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन्। भाजपाले सन् २०१९ को आम चुनावमा ३०३ र सन् २०१४ को आम चुनावमा २८२ सिट जितेको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।