हामीसँग जोडिनुहोस

मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

1 मिनेट

जेठ २७, काठमाण्डौ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो । उहाँको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्च पदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टी ९भाजपा० का नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज बेलुकी शपथ लिनुहुने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उहाँका समकक्षी मोदीबीच आजै भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।