भक्तपुर, ४ असार । नेशनल प्याब्सन भक्तपुरले एकीकृत पाठ्यक्रममा आधारित रहेर आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ शिक्षक शिक्षिकालाई वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
जेठ ५ गतेदेखि असार १ गतेसम्म बिभिन्न चरणमा सञ्चालन भएको प्रशिक्षणमा बिभिन्न कक्षाहरुको परिवर्तित पाठ्यक्रममा आधारित रहेर प्रशिक्षण दिईएको थियो ।
एन प्याब्सन भक्तपुरले परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते दुई चरण गरी एक होटलमा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो नेशनल प्याब्सन भक्तपुरको अध्यक्ष सञ्जय खड्काले जानकारी दिनुभयो । हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको कक्षा १–३ को प्रशिक्षण उपलबधीमूलक भएको छ ।
त्यसैगरि कक्षा ४–१० सम्मको विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन, प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो । सिपाडोलको एक रिसोर्टमा २०८१ जेठ २६ गते आयोजित कार्यक्रम नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो ।
त्यसै गरी २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिनु भएको कार्यक्रममा सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नु भएको नेसनल प्याब्सन भक्तपुरका सचिव कुमार थापामगरले दिनुभयो ।
नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखोले सबै सदस्य विद्यालयहरुको ऐक्यवद्धता र सहयोगबाट यस्ता प्रशिक्षणहरु निरन्तर सञ्चालन गर्ने बताउनुभयो ।
नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १–३ को एकीकृत पाठ्यक्रम र कक्षा ४–१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले बताउनुभयो । यस्ता विषयगत एवं वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो ।
कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुराउनु हुने सत्यशक्ति पुस्तक भण्डारका महेश थापा लगाएत एलाइड, ओएसिस, बुद्ध र ग्रीन पब्लिकेशनलाई नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद व्यक्त गर्नु भयो ।