हामीसँग जोडिनुहोस

सूर्यविनायक‐धुलिखेल सडक बिस्तारमा ढिलाई, डेढ वर्षमा २५ प्रतिशत प्रगति

6 मिनेट

-रमेश गिरी

भक्तपुर, ४ असार : अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर लामो सडकको ६ लेन विस्तारको काम सुस्ताएको छ ।

भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरि दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि सडक बिस्तार कार्य सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

२०७९ पुस २४ गते आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभी र लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरि ठेक्का सम्झौता गरेको थियो । सडक बिस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रूपैयाँ र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रूपैयाँमा ठेक्का परेको सम्झौता गरेको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक बिस्तारको कार्य बजेट अभावका कारणले सडक बिस्तारमा ढिलाई भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक बिस्तारका क्रममा रहेका अस्थायी घर, टहरा र संरचनाहरु भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको बताउनुभयो ।

सडक मापदण्ड भित्र परेका केही स्थायी संरचनाले सडक बिस्तारमा अबरोध पुग्ने गरेको भन्दै उहाँले बिचबिचमा काम छाड्दै अगाडि बढ्नु परेको बताउनुभयो । उहाँले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धीत मन्त्रालयमा पत्राचार गरेको भन्दै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको बताउनुभयो ।

आयोजना प्रमुख दासले भन्नुभयो, “वर्षा लागिसक्यो, महत्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छोैँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउनेृ, नाली निर्माण गर्ने र कलभर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । छिटो भन्दा छिटो सूर्यविनायक र त्यस माथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुदैन ।” सडक निर्माणको क्रममा ठूलो घुम्ति, तल ठूलो भीर भएकाले साँगामा निकै समस्या परिरहेको उहाँले बताउनुभयो ।

आठ अर्ब भन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडक खण्डमा यसवर्ष सरकारले ५४ करोड अर्थात सात प्रतिशत मात्रै बजेट निकासा गरेको छ । यस्तो अबस्थामा काम गर्न गाह्रो हुने, मजदुर थप्न समस्या हुने, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाई हुन गएको छ । सरकारले सम्झौता अनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सुडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकदेखि साँगासम्मका अस्थायी संरचना, घर टहरा हटाउने काम सम्पन्न भइरहेको राससलाई जानकारी दिनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्यांकनको प्रतिक्षामा रहेको बताउनुभयो ।

स्थायी टहरा हटाउने बारेमा जिम्मेवार निकायबाट प्रतिबेदन आउने, त्यस्ता संरुचनाको मूल्यांकनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उहााको भनाइ छ ।

प्रजिअ श्रेष्ठले भन्नुभयो, “यो सडक खण्डमा अस्थायी संरचना, घर, टहराहरु ५३ वटा थियो्, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउँन बाँकी छ, सडक बिभागमा फाईल छ, हटाउनु पर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् की छैनन् भनेर बुझ््ने काम पुर्ननिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छौ । मुआब्जा निर्धारणमा ढिलाई हुँदा त्यस्ता स्थायी संरचना समेत हटाउन ढिलाई भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको भन्दै उहाँले अहिले बजेट न्यून आएकाले सडक बिस्तार सुस्ताएको जानकारी पाएको बताउनुभयो । जेठमा पनि पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गनुृ पर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको बताउनुभयो ।

बिधुत प्राधिकरणले सडकमा परेका पोलहर नसारिदिदाँ काममा थप समस्या आएको भन्दै उहाँले प्रशासनबाट पोल सारदिन समनवय गरिरहेको बताउनुभयो । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राबिधकरणले पोल सार्न आउँछौँ भनेर पटक पटक भनेर पनि नआएकाले ताकेता गरिरहेको बताउनुभयो । उहाँले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस भनेर मुखय काम छिटो सम्पन्न गर्नु पर्ने बताउनुभयो ।

वागमती प्रदेश सभा सदस्य किरण थापाले वर्षा लागिसकेकाले जगातीदेखि साँगासम्मको सडक खण्ड अन्तर्गतका अप्ठ्यारो काम तत्कालै नसके सडक बिस्तारमा कठिनाइ आउने भएकाले यसतर्फ आयोजना र सरकारले ध्यान दिनु पर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य थापाले भन्नुभयो, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउछाँे, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, वर्षा लागिसक्यो अप्ठ्या ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।”

यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रूपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर १५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले जनाइएको छ ।

उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु. एक अर्ब मुआब्जा दिनुपर्ने जनाइएको छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम ग¥यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए ।

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने पक्का छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै काशी र मधेश प्रदेशका नागरिकसमेत काठमाडौं आउजाउ गर्दै आएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।