हामीसँग जोडिनुहोस

गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीले गरे संसदको अभ्यास

संसदमा अमर्यादित गतिबिधि गर्नेलाई कारबाही हुन्छ : सभामुख घिमिरे

3 मिनेट
भक्तपुर, ८ असार : ‘सम्माननीय सभामुखज्यू, संसदमा असंसदीय गतिबिधि गर्ने, माइक तोडफोड गर्ने, संसदमा बैठकमा आएर छलफलमै नबसी टाप कस्ने सांसदलाई कारबाही हुदैन, शिक्षा विद्ययेक संसदबाट कहिले पारित हुन्छ ।’
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आज भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुलले आयोजना गरेको गोल्डेन सुनगाभा संसद अधिवेशनमा एकै पटक विद्यार्थीले राखेका प्रश्न हो यो । सभाुमख घिमिरेले संसदमा अमर्यादित गतिबिधि र तोडफोड नगन्य रुपमा मात्रै हुने गरेको भन्दै प्रतिनिधिसभा नियमावलीले यसको नियम गर्ने अधिकार प्राप्त गरेको बताउनुभयो ।
उहाँले संसद भवन भित्र सांसदबाट यस्ता गतिबिधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटक पटक अमर्यादित गतिबिधि भए तीनदिनदेखि तीन महिनासम्म सभाबाट निष्काषण गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्धा लगाउन सक्ने व्यबस्था रहेको बताउनुभयो ।
उहाँले २०७५ सालमा बालअधिकार सम्बन्धी कानून पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
शिक्षा विद्ययेककोबारेमा बोल्दै उहााले भन्नुभयो, “शिक्षा विद्ययेक संसदमा टेबलु भएर छलफल भएको छ, यसलाई संसदको शिक्षा समितिमा पनि छलफलका लागि पठाईएको छ, यो विद्ययेक पारित गर्न मैले पनि समन्वय गरिरहेको छु, यो वर्षे अधिवेशनमा पास हुने सम्भावना छैन, हिउँदे अधिवेशनमा पक्कै शिक्षा विद्ययेक पारित हुने अपेक्षा गरेका छौ ।”
कक्षा १२ को अध्ययन सकिने बित्तिकै विद्यार्थी विदेशिने क्रम रोक्न के व्यबस्था गर्न सकिन्छ भनेर सोधिएको प्रश्नबारे जवाफ दिदै सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौती बनेको भन्दै राज्यले यही केही गर्न सक्ने वातावरण सृजना गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीलाई यहीँ केही गर्ने व्यबस्था राज्यले गर्नुपर्छ, विद्यार्थीले पनि देशको अर्थतन्त्र बलिmयो बनाउन यही गर्छु भन्ने भावना विकास गर्नुपर्छ । मेरो देश मेरो. जिम्मेवारी हो भन्ने ठानेर यही काम गर्ने र विदेशिएकाले पनि उताबाट पढाई सकेर आफ्नै देशका केही गर्छु भनेर फर्कनु पर्छ ।”
विद्यार्थीले सामाजिक शिक्षा अन्तर्गत आज सञ्चालन गरेको संसदको अभ्यासमा सभामुख घिमिरेलाई सांसद बनेर सत्ता पक्ष र प्रतिपक्षको रोहमा बसेका विद्यार्थीहरुले बिभिन्न प्रश्नहरु गरेका थिए ।
सभामुख घिमिरे नजिकै सभामुखको भूमिकामा बसेकी कक्षा १० कि छात्रा सुस्मिता शाहीले निर्धक्क भएर सभा सञ्चालन गरेको, सत्ता पक्ष र प्रतिपक्षको रोहमा ३० जना सांसदको भूमिका निर्वाह गर्दै बसेका विद्यार्थीले राखेका बिभिन्न प्रश्नहरुको प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका कक्षा ६ की संस्कृति थापा र शिक्षा मन्त्रीको भूमिका निर्वाह गरेका कक्षा ७ का रिसभचन्द्र गौतमले जवाफ दिएका थिए ।
कार्यक्रममा संसद सुरक्षाकर्मीको भुमिकामा तालिम प्राप्त नेपाल स्काउटका विद्यार्थीहर, चाागुनारायण नगरपालिकाका जनप्रतिनिधिहरु, बिभिन्न संघसंस्थाका प्रतिधिहरुको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल महेशचन्द्र गौतमले जानकारी दिनुभयो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसदको अभ्यास गरेको बताउनुभयो । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा विद्यार्थीले निडर, अनुशासित भएर संसदको गतिबिधि सञ्चालन गरेको बताउदै विद्यार्थीहरमा रहेको जिज्ञासा समेत यस कार्यक्रमले मेटाएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।