
भक्तपुर, १५ असार : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले खेतीयोग्य जमिन खण्डिकरण भएर घडेरीमा परिणत हुँनु चिन्ताको विषय भएको बताउनु भएको छ ।

२१ औं राष्ट्रिय धान दिवसको अवसरमा आज अखिल नेपाल किसान संघले चाँगुनारायण नगरपालिका‐९ ताथली माथिल्लो सौडोलमा आयोजना गरेको धान रोपाई कार्यक्रममा बोल्दै उहाँले जथाभावी जग्गा खण्डिकरण रोक्नु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “जग्गा खण्डिकरण भएर खेती योग्ण् जमिन मासिदै छ, आजको दिनलाई धान दिवस होइन घरेडी दिवस भनेर व्यङ्य गर्न थालिसकेका छन् । खेती भइरहेका जग्गालाई पनि आवश्यक मल छैन, गुणस्तरीय बिउँबिजन छैन । किसानको समस्या समाधान गर्ने गरि सरकार अगाडि बढ्नु पर्छ ।”

उहाँले किसानालाई जतिबेला चाहियो त्यति बेला मल, गुणस्तरीय बिउँ बिजन र आवश्यकता अनुसार सिंचाईको प्रबन्ध हुने गरि व्यबस्था गर्नु पर्न भन्दै सरकारले मल काराखाना खोल्नु पर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, “वास्तविक रुपमा कृषिलाई पेशा बनाउने कृषकलाई पुग्ने गरि लिजमा जग्गा दिने व्यबस्था गरिनु पर्छ, त्यहाँ पर्याप्त सिंचाईको व्यबस्था
गरिनु पर्छ, गसणस्तरीय बिउँबिजन र आधुनिक प्रबिधिको व्यबस्था गरिनु पर्छ ।”

राज्यले वास्तविक किसनको पहिचान गरेर परिचय पत्र दिएर राज्यको अनुदान बिचौलीको हातमा पर्ने गरि नभई सिधै किसानको हातमा जानेगरि व्यबस्था गर्नु पर्ने बताउदै उहहाँले विदेशबाट गुणस्तर परीक्षण नगरी आउने बिउँबिजन र बिषादीको आयातलाई रोक्नु पर्ने औल्याउनु भयो ।

सरकारले पोल्ट्रीफार्मलाई आत्मनिर्भर बनाए जस्तै अन्य खाद्य बाली, तरकारी र फलफूलमा पनि आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले किसानलाई माटोको टीका लगाईदिएर धानको बिउँ दिएर रोपाईको सुरुवात गर्नु भएको थियो भने एमाले पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, वागमति प्रदेश सभा सदस्य किरण थापा र सकुन्तला श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले किसानसंगै बाउसे र रोपाई गर्नु भएको थियो ।


