हामीसँग जोडिनुहोस

महाधिवेशनमा एकीकृत समाजवादीको अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु

1 मिनेट

काठमाडौँ, १७ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेजमा छलफल सुुरु भएको छ । जारी महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफल सम्पन्न गरिएपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने जानकारी दिँदै नेता पाण्डेले महाधिवेशन सञ्चालनमा सहजीकरण तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिइ एकीकृत दस्तावेज बनाएर पारित गराउने जिम्मेवारीसहित सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको बताउनुभयो ।

उहाँले निर्णय र बहस टिपोटका लागि कमिटीसमेत गठन गरिएका जानकारी दिनुभयो । यही असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचनका लागि विद्युतीय उपकरणको व्यवस्था गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।