हामीसँग जोडिनुहोस

ओलीको नेतृत्वमा कांग्रेस–एमाले नयाँ सरकार बनाउँन सहमत

1 मिनेट

काठमाडौं , १९ आषाढ । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरुबीच पटक पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

सहमति जुटाउन लागिपरेका एक नेताका अनुसार सहमति भइसकेको छ । ती नेताका अनुसार, पहिलो चरणमा  सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । सहमतिअनुसार दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा उल्लेख छ।

सहमति अनुसार मंगलबार बिहान नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरुले राजीनामा दिनेछन् । राजीनामासंगै कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गरिने भएको छ । दुुई ठुला दल मिल्दा करिब दुई तिहाइको सरकार बन्ने  छ । त्यसपछि संविधान संशोधन गरेर देशलाई अघि बढाउँने सहमति बनेको बताइएको छ ।

कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार समानुपातिक प्रदेशमा हटाउने, संघमा घटाउने, स्थानीय तह घटाएर वडाको संख्या बढाउने, उपराष्ट्रपतिले नै राष्ट्रियसभाको अध्यक्षता गर्ने, निर्वाचन क्षेत्र बढाउने, संवैधानिक निकाय घटाउने र परराष्ट्र नीति बलियो बनाएर जाने विषयमा छलफल भएको

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।