हामीसँग जोडिनुहोस

उत्तर प्रदेशमा सत्संगको क्रममा भागदौड,मृत्यु हुनेको सङ्ख्या १ सय नाघ्यो

1 मिनेट

एजेन्सी,उत्तर प्रदेश ।

उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो ।एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।

यसअघि लोकसभामा राष्ट्रपतिको सम्बोधनमा धन्यवाद प्रस्तावमाथिको छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हातरस घटनाप्रति दुःख व्यक्त गरेका थिए । उनले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथबाट जारी विज्ञप्तिमा घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिइएको छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।