
काभ्रेपलाञ्चोक,२६ असार ।
अविरल वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–८ स्थित पकुचामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा आएको पहिरोले अरनिको राजमार्गमा दुईतर्फी नै यातायात सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
वर्षाका कारण सडक हिलो हुँदा केही सवारी साधन सडकमा फसेका छन् ।