
काठमाडौं,२६ असार ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बस्ने कार्यक्रम रहेको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन्। उनले शुक्रबार विश्वासको मत लिँदैछन्।