भक्तपुर, २६ असार : सूर्यविनायकमा पत्रकारहरुको साझा संस्थाको रुपमा आज नेपाल प्रेस सोसाइटी स्थापना गरिएको छ । सूर्यविनायकमा आजबाट स्थापना गरेको सोसाईटीको कार्यालयको आज नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुका संघीय सांसद दुलर्भ थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद सन्तोष परियार र बागमति प्रदेश सभा सांसद किरण थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद थापाले पत्रकार जगतले निष्पक्ष समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिदै भक्तपुरको बिकासलाई उजागार गर्न सोसाईटी लाग्नु पर्ने बताउनुभयो । अर्का सांसद परियारले राजनीतिक बिकृतिलाई चिरफार गर्दै आमनागरिकमा सकारातमक राजनीतिक चेतनाको विकास गर्न सोसाईटीले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य थापाले भक्तपुरको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक संरचना, सीप, रोजगार अभिबृद्धि लगायतको क्षेत्रको बिकासमा लागिरहेको बताउदै यसवर्षको एसईई परीक्षामा भक्तपुरको नतिजा निकै उत्कृष्ठ रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाबाट एसईई परीक्षामा चार जिपिए ल्याउने ६ वटा स्कुलका विद्यार्थीहरु मोर्डन इङ्लिश स्कुल दधिकोटका बुमिरा माकजू, युनिटी इङ्लिश स्कुल कटुञ्जेका आशिश थापा क्षेत्री, मनोरम बोर्डिग सेकेण्डरी स्कुल कटुञ्जेका प्रनिशा बखुन्छे, हिमाल एकेडेमी गुण्डूका बिपना मिश्र, मेधा मावि तेखापुखू भक्तपुरका अंशुदिल प्रजापति र एसओएस हर्मन माइनर माध्यमिक विद्यालयका आर्यन न्यौपानेसहित विद्यालयका प्रिन्सिपलहरुलाई सम्मान गरिएको थियो । ्
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले भक्तपुरमा यस प्रकारको संस्थाको अत्यावश्यक परिरहेको बेलामा स्थापना भएको सोसाईटीले समग्र सञ्चार माध्यमको प्रतिनिधिको रुपमा अगाडि बढ्नु पर्ने बताउनुभयो । नेपाल प्रेस सोसाइटीका अध्यक्ष एवं पत्रकार उपेन्द्र केसीले यहाँकासबै संचारकर्मीहरुको साझा चौातारीका रुपमा सोसाईटी स्थापना भएको बताउदै कुनै राजनीीतक आग्रह, पूर्वाग्रह नराखी समाचार सम्प्रेषण, अन्तरक्रिया, अन्तरवार्तालगायतको प्रस्तुतीहरु संस्थाले जनतामाझ लैजाने बताउनुभयो ।‐‐‐