हामीसँग जोडिनुहोस

इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश

1 मिनेट

काठमाडौं,२७ असार ।

नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ।डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २(१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो।

जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए। इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए।

इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्‍यो। डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि डी बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए।

तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्‍यो। ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले। कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।