हामीसँग जोडिनुहोस

काठमाडौंका नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन सुझाव

1 मिनेट

काठमाडौं,८ साउन।

गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ।

बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको सतर्कता अपनाउन तटीय क्षेत्रमा बस्नेहरूलाई विभागले सुझाव दिएको छ ।

बागमती, विष्णुमती, धोबीखोलालगायतमा जलसतह सतर्कता तह आसपास छ। नदी तटीय क्षेत्रमा बस्ने र यात्रा गर्नेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।विभागले सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घ्याङ, ढुंगे, गोबरे, नवलपुर र दुवाचौर लगायत स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जानकारी दिएको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक नदीमा आकस्मिक बाढीको जोखिम छ। डुबान तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।