भक्तपुर, ९ साउन । क्यानसर रोगको उपचारमा रकम अभाव भोग्दै आएका वागमति प्रदेश भित्रका विरामीले अब स्वास्थय उपचारका लागि अब एक लाख रुपैया सहयोग पाउने भएका छन् ।
नेकपा एमालेको तर्फबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएलगत्तै स्वास्थ्य मन्त्री किरण थापाले आज पदबाहाली गरेर पहिलो दिन कार्यकाल सम्हाले लगत्तै क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निणर्य गर्नु भएको हा ।
आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको मन्त्री थापाले बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई रु ५० हजार सहयोग गर्ने गरेको थियो । अब ५० हजारबाट बढाएर एक लाख दिने निर्णय गरेको छु ।”
उहाँले यसको लागि आवश्यक पर्ने ११ करोड रुपैंया बजेट शुनिश्चितता गर्न मन्त्रीपरिषद्मामा प्रस्ताव पेश गर्न आर्थिक योजना तथा मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो ।
त्यसैगरी नसर्ने रोग तथा मानसिक रोग रोकथाम र न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय पनि मन्त्री थापाले गर्नुभयो । उहाँले मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई प्रदेशका सबै पालिका र स्थानीय तहमा पुर्याउने बताउनुभयो ।
उहाँले वागमित प्रदेशका अस्पतालहरुको स्तरोन्नती र विरामीलाई सहज उपचारको व्यबस्था गर्नेसमेत बताउनु भएको छ । पहिलो दिननै जनताको पक्षमा जनपेक्षी निणर्य गरेको भन्दै बधाई दिन हेटौडा पुग्नु भएका नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्वास्थ्य मन्त्री थापाको निणर्यले उत्पाहित बनाएको बताउनुभयो ।
एमाले सधै जनताको पक्षमा उभिएको, जनताको पक्षमा काम गर्दै आएको र गरिरहन्छ भन्ने पछिल्लो उदाहरण मन्त्री थापाको पहिलो निणर्यले थप पुष्टी गरेको बताउनुभयो । वागमति प्रदेशको स्वास्थ्य क्षेत्रको उन्नतीमा उदाहरणीय कार्य हुने विश्वास गर्दै अस्पताल एवं स्वास्थ्य क्षेत्रको स्तरोन्नती, जनतालाई सहज स्वास्थ्य उपचारको पहुाच पुर्याउन उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।