भक्तपुर, ११ साउन । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले वागमति प्रदेश भित्रका जनताले स्वास्थ्य उपचार नपाएर भौतारिनु पर्ने अबस्थाको अब अन्त्य गर्ने बताउनु भएको छ ।
आज नेपाल रेडक्रस सोसाईटीले सिपाडोलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश भित्रका सबै जिल्लाका गाउँगाउँमा सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनु भएको हो ।
उहाँले स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अबस्थाको अन्त्य गर्ने बताउदै उहाँले प्रत्येक अस्पतालको अबस्था बुझ्न अनुगमन थाल्ने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “वागमति प्रदेश भित्रका धेरै ठाउँका जनता अहिले पनि स्वास्थ्यको सहज पहुँचबाट बाहिर हुनुहन्छ,मलाई थाहा छ अहिले पनि सिटामोल समेत नपाएर ज्यानै जाने अबस्था अझै पनि गाउँ गाउँमा छ, अब त्यस्तो अबस्थाको अन्त्य गर्नेछु, उपचार नपाएर ज्यान जाने अबस्थाको अन्त्य गर्नेछु ।”
उहाँले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर ती अस्पतालको अबस्था बुझ्ने, त्यहाँको स्वास्थ्य सेवाको गुणस्तरीयता, भौतिक संरचनाको अबस्था र सुधार गर्नु पर्ने विषयको जानकारी लिएर आवश्यक व्यबस्थापन गर्ने उहाँले बताउनुभयो ।”
अस्पताल आउँन टाँढा हुने र स्वास्थय सेवाको पहुँच पुग्न समस्या हुने क्षेत्रमा प्रत्येक जिल्लाका सरकारी अस्पतालमा महिनामा एक पटक स्वास्थय शिविर मात्रै गर्न सके पनि रोगको पहिचान हुने र पहिचान भएका विरामीलाई निःशुल्क यातायातको व्यबस्था गरेर अस्पताल ल्याएर निःशुल्क उपचार गर्ने व्यबस्था गर्न सक्दा पनि जनताले ठूलाने राहत महसुस गर्ने उहाँले बताउनुभयो ।
उहाँले प्रत्येक जिल्ला अस्पतालमा एम्बुलेन्सको व्यबस्था गर्ने समेत बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “कतिपय जिल्लाका ग्रामिण क्षेत्रमा अझै पनि एम्बुलेन्स नपाएर स्टेचर र डोकोमा बिरामी बोकेर लैजानु पर्ने अबस्था छ, त्यसैले प्रत्येक जिल्लामा एम्बुलेन्सको व्यबस्था गर्ने गरि तयारी गर्नेछु, कतिपय अस्पतालमा मृत्यु भएका विरामीलाई घाँटसम्म पुर्याउन शव बाहनमा पैसा तिर्ने अबस्था नहुँदा समस्या भोगेको थाहा पाएको छ, त्यसैले माडबारी सेवा समितिसंगको सहकार्यमा उपत्यका भित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निःशुल्क आर्यघाटसम्म पुर्याउने व्यबस्था गर्ने तयारी गरेको छु ।” उहाँले कुनै अस्पतालमा केही समस्या भएमा जानकारी गराउन समेत आव्हाना गर्नुभएको छ ।