हामीसँग जोडिनुहोस

यो वर्ष पनि ६३ वटा नर्सिङ कलेजले विद्यार्थी भर्ना लिन नपाउने

1 मिनेट

१२ साउन,काठमाडौँ ।

विगत तीन वर्षदेखि बन्द रहेका ६३ वटा पीसीएल नर्सिङ कलेजहरूले यो वर्ष पनि विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । नियामक निकायको बेवास्ताका कारण ती नर्सिङ कलेजहरूले २०७८ सालदेखि विद्यार्थी भर्ना गर्न पाएका छैनन् । यो शैक्षिक सत्रमा समेत उनीहरूले विद्यार्थी लिन नपाउने भएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० बाट सम्बन्धन लिएका ११७ वटा पीसीएल नर्सिङ कलेजहरूमध्ये ६३ वटा शिक्षण संस्थाहरूमा भर्ना अवरुद्ध हुँदै आएको छ । प्रवीणता प्रमाणपत्र तह नर्सिङका ५४ कलेजहरूमा भर्ना खोलिएको छ । तर, ती ६३ वटा कलेजहरूमा भने भर्ना अवरुद्ध हुँदै आएको छ ।

सीटीईभीटी अन्तर्गत स्वास्थ्यतर्फ मेडिकल, डेन्टल र नर्सिङ विधाका १२ वटा ३ वर्षे शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । सीटीईभीटीले तोकेको मापदण्डको आधारमा मेडिकल विषयतर्फ सामान्य चिकित्साका १३४, अप्थाल्मि साइन्सका ७, मेडिकल ल्याब टेक्नोलोजिका १२०, फार्मेसीका ७४, डायग्नोष्टिक रेडियोग्राफीका ४६, आयुर्वेद जनरल मेडिसिनका १३, अकुपंचर, अकुप्रेशर तथा मोक्सिब्युसनका १, मेडिकल साइन्स ९फिजियोथेरापी० का २२, योगा तथा नेचुरोप्याथीका १ र डेन्टल साइन्सका १० गरी ४३० कार्यक्रम नियमित सञ्चालनमा छन् । तर, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ जारी भएपछि सीटीईभीटी तथा नेपाल नर्सिङ परिषद्को मापदण्ड २०१६ को आधारमा सञ्चालनमा रहेका पीसीएल नर्सिङ तर्फका ११७ मध्ये ६३ वटा शिक्षण संस्थाहरूमा भर्ना अवरुद्ध भएको हो ।

सीटीईभीटीले चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड पुरा नगरेको भन्दै ती कलेजहरूमा भर्ना रोक्दै आएको छ । तर, शिक्षण संस्था सञ्चालकहरूले आफूहरू सीटीईभीटीको ऐनमार्फत सञ्चालनमा रहेको भन्दै चिकित्सा शिक्षा ऐन आफूहरूको हकमा लागू नहुने दाबी गर्दै आएका छन् । चिकित्सा शिक्षा ऐन २०७५ ले विद्यार्थीको पढाई र अभ्यासका लागि मेडिकल तर्फ कम्तीमा ३०० तथा डेन्टल र नर्सिङतर्फ १०० शय्याको अस्पताल हुनुपर्ने व्यवस्था गरेको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।