
एजेन्सी,२१ साउन।
गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ।इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग गरिरहेको थियो’, सेनाले विज्ञप्तिमा भनेको छ।
यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ। यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब १५० जना मारिएका छन् ।
नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार गाजाको अर्को स्कुल परिसरमा इजरायली सेनाले यस्तै आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको जनाएको छ।
इजरायली सेनाले बारम्बार हमासलाई कमाण्ड र कन्ट्रोल सेन्टरका रूपमा वा आफ्ना कमान्डर र लडाकूहरूलाई लुकाउनका लागि नागरिक सुविधा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। यसलाई प्यालेष्टिनी पक्षले अस्वीकार गर्दै आएको छ।