हामीसँग जोडिनुहोस

कांग्रेसका सभापति देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

1 मिनेट

२१ साउन, काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका छन् ।

सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसका ७० विभाग छन् ।

जसमध्ये राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यसैगरी संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी., संसदीय मामिला विभाग गोविन्दबहादुर शाह, कानुन विभाग मानबहादुर नेपाली, विद्यार्थी विभाग राजीव ढुंगाना, पेसागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाँइ मनोनीत भएका छन् ।

यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।