
काठमाडौं,२० भदौ ।

हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ।
भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ। दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ।
दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका छन्। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जानेचलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन्।भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, सेलपुरी र गुँदपाकजस्ता परिकारका साथै फलफूल खाने चलन छ।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






