
एजेन्सी,२२ भदौ ।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको मुद्दामा आगामी राष्ट्रपतीय निर्वाचनपछि मात्रै सजाय निर्धारण हुने भएको छ।
नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवारसमेत रहेका ट्रम्पको मुद्दामा अहिले सजाय तोके निर्वाचन परिणाम प्रभावित हुने भन्दै सजाय निर्धारण निर्वाचन पछिलाई सारिएको हो।
न्यायाधीश जुआन मर्चेनले न्यूयोर्क आपराधिक मामिलासम्बन्धी मुद्दाको सजाय नोभेम्बर २६ मा सुनाइने घोषणा गरेको सीएनएनले जनाएको छ। ट्रम्प एक पोर्न स्टारसँगको सम्बन्धको मुद्दामा दोषी ठहर भएका छन्। अदालतको पछिल्लो निर्णयलगत्तै एक चुनावी सभामा ट्रम्पले भने आफूविरुद्धको मुद्दामा सजाय स्थगित गरिएको दाबी गरेका छन्।
उनले आफूले गलत नगरेकाले सजाय स्थगित गरिएको दाबी गरेको सीएनएनले जनाएको छ।