भाद्र २८, काठमाडौँ ।
माओवादी केन्द्रले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सभामखु देवराज घिमिरेले भदौ १२ को प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ भन्ने शब्द असंसदीय नभएको रुलिङ गरेको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले ‘माओवादी जनयुद्ध’ लाई अपमान गर्न खोजिएको उल्लेख गर्दै सभामुखले बुधबार ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने रुलिङ गरेकोमा त्यो नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको हो ।