एजेन्सी,२ असोज ।
पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको छ।
नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख बिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा अनुयायीहरू बोकेको बसले नियन्त्रण गुमाउँदा लेरे जिल्लामा एउटा ट्रकसँग ठोक्किएको बताए।
नादाबोका अनुसार बालबालिकाहरू क्वान्डार गाउँका थिए र पैगम्बर मोहम्मदको जन्मदिनमा हुने वार्षिक मौलुद उत्सवमा भाग लिन नजिकैको समिनाका शहर गइरहेका थिए।
तीर्थयात्राका आयोजकहरूमध्येका एक डिक्को दाहिरुले दुर्घटनामा ४० बालबालिकाको मृत्यु भएको र ३१ जना घाइते भएकोछ ।
नाइजेरियाको मर्मत गरिएका खराब सडकहरूमा तीव्र गति र ट्राफिक नियमहरूको बेवास्ताका कारण दुर्घटना हुन्छन्।