हामीसँग जोडिनुहोस

भोलि देखि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने

1 मिनेट

काठमाडौं,२ असोज।

भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।

यसका लागि सबै तयारी पूरा भइसकेको शहरी विकास मन्त्रालयकी उपसचिव एवं प्रवक्ता विनु बज्राचार्य कुँवरले जानकारी दिइन्। उनले भनिन्,‘सरकारले निर्णय गरेअनुसार नै भोलिदेखि धरहरा सञ्चालनमा आउनेछ।’

२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो। तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण शुरु हुन सकेन। धरहरा ढलेको ३ वर्षपछि मात्रै पुनर्निर्माण थालियो। केपी शर्मा ओली प्रधानमन्त्री भएकै वेला ‘मै बनाउँछु मेरो धरहरा’ भन्दै पुनर्निर्माणका लागि २०७५ पुस १२ मा शिलान्यास गरेका थिए।

तर पुनर्निर्माण नसकी ३ वर्षअघि नै उनले उद्घाटन गरिसकेका छन्। निर्माणाधीन धरहराको कामै नसकी जस पाउन उनै ओलीले हतारहतार २०७८ वैशाख ११ मा उद्घाटन गरेका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो। उनले उद्घाटन गरेको ३ वर्षपछि सर्वसाधारणहरूको लागि खुला हुँदै छ।

धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई

​सरकारले धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ। सोहीअनुसार धरहरा सञ्चालनको लागि समिति नै गठन गरेको शहरी मन्त्रालयले जनाएको छ। यसअघि क्षेत्रअधिकार नतोकिँदा धरहरा बन्दै गर्दा नै विवादमा परेको थियो।

काठमाडौं महानगरपालिकाले धरहरा बनिनसक्दै निस्शुल्क पार्किङ खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओली महानगरपालिका प्रमुख बालेन साहसँग रुष्ट बनेका थिए। महानगरपालिकाले २०८० माघ १४ गतेदेखि धरहरा पार्किङ भवनको पहिलो तलामा निस्शुल्क पार्किङ खुला गरेको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।