हामीसँग जोडिनुहोस

दशैँमा सरकारले १० रूपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने

1 मिनेट

काठमाडौ,३ असोज।

दशैँमा सरकारले १० रूपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशंँका लागि जिउँदो खसी बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रूपैयाँ छुट दिने निर्णय गरेको हो।

कम्पनीले यो दशंँमा खसी बोका १५ सय र च्याङ्ग्रा ३ सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ। मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिनेछ। सरकारले आजदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलहरूबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ।

सुपथ मूल्य पसलमा विभिन्न प्रकारका दाल र चामलमा प्रति केजी ५ रूपैयाँ छुट दिइएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

तेलमा प्रतिलिटर ७ रूपैयाँले छुट दिइएको छ। यस्तै, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी, फापर दाना, चिनो, कागुनो, उवा, जुम्ली मार्सीमा प्रतिकेजी ७ रूपैयाँ छुट गरिएको छ। डिडिसी घ्युमा प्रतिकेजी १० रूपैयाँ छुट दिइने कम्पनीले जनाएको छ।

यसवर्ष ४२ जिल्लाका ६३ ठाउँमा सुपथ मूल्य सञ्चालनमा ल्याइएको छ। काठमाडौँ उपत्यकाका चार ठाउँ थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसलका बिक्री कक्षहरू राखिएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।