हामीसँग जोडिनुहोस

स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्ता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण

2 मिनेट

भक्तपुर, ४ असोज । संबिधान दिवसको अवसरमा वागमति प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्ता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गर्नु भएको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा यहाँ आयोजना गरेको ह्वील चियर बितरण कार्यक्रममा मन्त्री थापाले निःशुल्क कृतिम खुट्टा एवं ह्विल चेयर वितरण गर्नुभएको हो ।

उहाँले सात जना अपाङ्ता नौवटा कृतिम खुट्टा र ६ जनालाई व्हिलचियर वितरण गर्नु भएको हो । कार्यक्रममा मन्त्री थापाले खुट्टा नभएकै कारण धेरै कष्ट भोग्नु परेको महसुस गर्दै संविधान दिवसको अवसर परेर यस्ता सामग्री बितरण गरिएको बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, ‘सहयोग सानै भएपनि प्रयोग गर्नेका लागि ठूलो र जीवन जिउन सहज हुन्छ । कृतिम खुट्टा वितरणले उहाँहरुको जीवन सहज हुने विश्वास लिएको छु, सामाजिक कार्य र स्वास्थ्यको बिकासमा वागमति प्रदेश सरकार निरन्तर लागिरहन्छ ।’

माडवाडी सेवा समिति र धर्मशालालगायत संघसंस्थाहरुको सहयोगमा निःशुल्क शवबाहन सञ्चालन गर्ने र विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उहाँले बताउनुभयो । अस्पतालमा बिरामीलाई शुद्ध पिउने पानीको लागि प्रदेश अस्पतालमा चार लाख बराबरको वाटर प्युरिफायर राख्ने तयारी भएको मन्त्री थापाले बताउनुभयो ।

मानवसेवाबाट पाएको आशीर्वादले मन आनन्द हुने र यसले सबैमा सेवाभाव जागृत गर्ने बताउदै उहाँले मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाले गरेका अन्य विभिन्न मानवीय कार्य उच्च प्रशंसा योग्य रहेको बताउनुभयो । मानवले अन्य दान धर्म भन्दा मानव उत्थानको सेवा गर्नु नै मुख्य धर्म रहेको उहाँको भनाई थियो ।
कार्यक्रमका सभापति पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तपडियाले सामाजिक कार्यमा निरन्तर लागिरहने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।