हामीसँग जोडिनुहोस

स्वास्थ्य बिधयेकले सबै समस्याको समाधान लिएर आउँछ : स्वास्थ्य मन्त्री थापा

3 मिनेट
===============================================================
मन्त्री थापाले भन्नुभयो, “स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन् । निजी अस्पतालका रोकिएको नविकरण हुनेछन् । १०० शय्याका अस्पताललाई नर्सिङ्ग र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ । यसले विद्यार्थी अध्ययनका लागि विदेशीनबाट रोकिनेछ ।”
===============================================================
भक्तपुर, ५ असोज । संबिधान दिवसको अवसरमा वागमति प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले वागमति प्रदेशको भोलीबाट सुरु हुने सदनले स्वस्थ्य विधेयक पारित गर्दै स्वास्थ्य क्षेत्रमा रहेका सबै समस्याको समाधान गर्ने बताउनु भएको छ । शंखधर बचत तथा ऋण सहकारी संस्थाको आज सम्पन्न १७ औँ वार्षिक साधारण सभामा बोल्द उहाँले स्वस्थ्य विधेयक पारित भएपछि वर्षैदेखि नविकरण नभइ रहेका अस्पतालको नविकरण हुने बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन् । निजी अस्पतालका रोकिएको नविकरण हुनेछन् । १०० शय्याका अस्पताललाई नर्सिङ्ग र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ । यसले विद्यार्थी अध्ययनका लागि विदेशीनबाट रोकिनेछ ।”
यस वर्ष नर्सिङ्ग अध्ययन गर्न ८०० कोटा खुल्ला गरेकोमा ६४०० को आवेदन परेको र एमबिबिएसमा १७०० कोटा खुल्ला गर्दा ७००० ले फाराम भरेको छ बताउदै उहाँले बाँकी विद्यार्थी पढ्नकै लागि विदेशिने गरेको पाईएकाले यही पर्याप्त मात्रामा नर्सिङ्गदेखि एमबिबिएससम्मका अध्ययन सञ्चालन गर्न सके विद्यार्थी विदेशिने क्रम राकिने
बताउनुभयो ।
दुई महिनामा स्वास्थ्य क्षेत्रको सुधार गर्न, कमिकमजोरी हठाउनन,  थप जनशक्तिको व्यबस्थापन गर्न आफू लागिरहेको भन्दै उहाँले अनुगमनबाट देखिएका समस्या हटाउदै थप दरबन्दी, दश जनशक्ति र मेडिकल इक्युमेन्टको व्यबस्था प्रदेश सरकारले गर्ने बताउनभयो ।

उहाँले भक्तपुर अस्पताललाई ३०० शय्यामा बिस्तार गरेको, सिटिस्क्यान मेशिन सञ्चालनका लागि रु. करोड बजेट वियिोजन गरेर टेण्डर आव्हान गरेको, ख्पव अस्पताललाई सिटिस्क्यान मेशिन खरिद गर्न रु. पाँच कराडको बजेटको व्यबस्था गरेको, भक्तपुर अस्पतालमा विरामीको चाप बढेपछि बिहन आठ बजेदेखि पाँचबजेसम्म ओपिडी सेवा सुरु गरेको, अनलइन टिकटको व्यबस्था गरेको र व्यबस्थापन गर्ने कार्यको थालनी गरिसकेको बताउनुभयो ।

मन्त्री थापाले सञ्चालकले नै सहकारीको रकम दुरुपयोग गरि घरजग्गामा लगानी गर्ने, कतिपयल धितो मूल्यांकन नै नगरसस्तोमा ऋण दिने गरेका कारा सहकारी डुबेको भन्दै स्थानीयस्तरमा नियम भित्र रहेर सञ्चालनमा रहेका सहकारी अझै पनि राम्रो र विश्वासिलो रहेको बताउनुभयो । उहाँले मध्यपुरथिमिको शंखधर प्रतिष्ठानलाई मिनि म्युजियम बनाउन वागमति प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको भन्दै निर्माणका क्रममा रकम अभाव भए थप गर्दै लजाने बतानुभयो ।
शंखधरको नाफा ८२ लाख ६२ हजार :
कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष न्हुच्छेराज बज्राचार्यले आर्थिक प्रतिवेदन सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
संस्थाले आर्थिकवर्ष २०८०÷०८१ मा रु. ८२ लाख ६७ हजार ७९४ खुद नाफा गरेको छ । गतवर्ष रु. ७० लाख सात हजार ९८९ खुद नाफा गर्न सफल संस्थाले यसवर्ष १२ लाख ५९ हजार ८०४ रुपैयाँ खुद नाफा बृद्धि गरेको संस्थाका ऋण उपसमितिका सदस्य रत्नकृष्ण श्रेष्ठले जानकारुी दिनुभयो ।
संस्थाले आ.ब. ०८०÷०८१ मा ४७ करोड २१ लाख ७५ हजार ४६५ रुपैयाँ बचत निक्षेप संकलन गर्न सफल भएको र ३० करोड ८९ लाख ४२ हजार ८६२ रुपैयाँ ऋण लगानी गरेको, ६८ लाख ९९ हजार ५७० जगेडा कोषमा राखेको र संस्थाको कूल सम्पत्ति बृद्धि गर्दै ५८ करोड ३५ हजार ९६८ पुर्याउन सफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।