काठमाडौं,११ असोज।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात आइतबार नै २ः३० बजे हुने पार्टीका नेता मनिष झाले बताए ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन केन्द्रित छलफल हुने छ।