हामीसँग जोडिनुहोस

स्वास्थ्य मन्त्री किरण थापा जो आफै सडक खुलाउन, शव व्यबस्थापन गर्न, घाइतेको उपचार गर्न दिनभर खटिए

3 मिनेट

भक्तपुर, १३ असोज । विपतमा जनप्रतिनिधि र नेताको उपस्थितिले मात्र पनि पीडितलाई ठूलो राहत मिल्छ भन्ने भनाईलाई बिहानैदेखि चरितार्थ गर्दै वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा दिनभर सडक खुलाउनदेखि मृतकको शव परीक्षण र घाइतेको उपचारका लागि अस्पतालसम्म आफै पुगेँ । त्यसो त २०७२ सालको भूकम्पमा होस वा जस्तो सुकै विपत्तिमा पनि तत्कालै जनताको दुःखमा साथ दिन पुग्ने मन्त्री थापा आजपनि दिनभर हिलो मैलो भनी पीडित नागरिकलाई साथदिन खटिरहेको देखियो ।

सूर्यविनायक नगरपालिका-९ सिपाडोल नैचालको पहिरोमा परेर ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको मृत्यु भएको एक दिन पछि आज बल्ल शवलाई परीक्षणका लागि भक्तपुर अस्पताल पुर्याउन दिनभरिनै खटिए मन्त्री थापा । पहिरोमा घाइते भएका मृतक परिवारकै कान्छा तामाङ्गको पनि आज भक्तपुर अस्पताल ल्याएर उपचार सुरु भएको छ ।

सिपाडोलमै घर भएका मन्त्री थापाले दिनभर सिपाडोलदेखि घ्याम्पेडाँडासम्मका सडक खुलाउन, शव ल्याउन र घाइतेको उद्धार गरि अस्पताल ल्याउन मात्रै खटिनु भएन उहाँले वागमति प्रदेश भित्रका १३ जिल्लामा पनि सम्पर्क गर्दै घाइतेको निःशुल्क उपचारको व्यबस्था गर्नदेखि उद्धारका लागि सम्पर्क गरिरहनु भयो ।

भक्तपुरबाट डोलेश्वरहुदै आशापुरी नैचाल जाने सडकमा भीषण पहिरोका कारण सडक अबरुद्ध भएपछि पहिरोमा पुरिएको शव हिजोनै निकाले पनि शव परीक्षणका लागि ल्याउन सकिएको थिएन । तर आज बिहानैदेखि मन्त्री थापाकै पहलमा डोजरले सडक खोल्न थालेपछि दिनभरिको प्रयास सफल भएको थियो । सडकको पहिरो पन्छाएपछि मन्त्री थापा मृतक परिवारमा घाइतेको उद्धार गरेर अस्पताल पठाउनदेखि मृतकको शवलाई शव बाहनमा हाल्न र शव परीक्षणका लागि सहज बनाउन भक्तपुर अस्पतालमा आफै खटिनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “आज बिहानैदेखि घट्नास्थल पुगेर पहिराले जताततै रोकिएको सडक खुलाउन लागियो, सुरक्षाकर्मी र स्थानीयको साथमा पसहरोले सडकमा ल्याएका रुखहरु काट्ने, डोजर मगाएर बाटोको पहिरो पन्छाएर हिजोदेखि गाउँमै रहेको शवलाई बल्ल शवबाहन हालेर अस्पताल पुर्याएका छौँ, घाइतेको उपचारका लागि पनि आज अस्पताल ल्याएका छौँ, अब शव परीक्षणपछि शव बुझाएर दाहसंस्कारसम्म साथ दिनै पर्छ ।”

उहाँले हिजोदेखिनै बाढीको डुबान र पहिरोमा परेकाको उद्धारका लागि आफै खटिनेदेखि घाइतेको उपचारको व्यबस्था मिलाउने आज पनि विपदका क्षेत्रहरुको आफ्रले स्थलगत अनुगमन गर्ने, उद्धार र राहतको सामग्री वितरणमा वडाअध्यक्ष पुष्पराज बस्नेतदेखि रेडक्रसकर्मीहरुको समेत साथ लिएर खटिनु भयो ।

उहाँले भन्नुभयो, “हामी सबैलाई पीडा छौँ, यस्तो पीडामा जिम्मेवारीबाट पन्छिन मिल्दैन, त्यसले आज आफै फिल्डमा खटिएको हुँ, हिजोनै बाढी, पहिरो र विपदमा परेका सबैको निःशुल्क उपचार गर्न प्रदेशका सबै अस्पताललाई निर्देशन जारी गराएर उपचार सुरु गरेका छौँ ।” उहाँले सूर्यविनायकमा पहिरोले धेरै क्षति पुर्याएको बताउदै दुई ठाउँमा सयौ रुखहरुसहित पहिरो आएर धेरै सडक अबरुद्ध भएको बताउनुभयो । आज डोलेश्वर हुदै पाटी भञ्याङ्ग, आशापुरी, नैचाल, माने भञ्याङ्गाने सडकको पहिरो पन्छाएको बताउनुभयो ।

त्यस्तै सूर्यविनायककै पाइलट बाबा आश्रम अगाडिको ठूलो पहिरो र घ्याम्पे डाँडा, रानीकोट जाने सडकको ठूलो पहिरोहरु पन्छाउने कार्य जारी रहेको मन्त्री थापाले बताउनुभयो । मन्त्रीसंगै वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, वडा सदस्य बिक्रम तामाड, पूर्व वडा सदस्य अजय तामा, जिल्ला समन्वय समितिका सदस्य विश्वराम त्वायनावासु, रेडक्रस सोसाईटी सिपाडोल उपशाखा लगायत स्थानीयवासीको दिनभर सक्रियता रहेको थियो । मन्त्री थापाले बन्द भएको विद्युत सेवा तत्काल सूचारु गर्न निर्देशन दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।