हामीसँग जोडिनुहोस

एभरेस्ट महिला भलिबल लिग आजदेखि सुरु हुँदै

1 मिनेट
Friends playing volleyball

काठमाडौं,१४ असोज। 

एभरेस्ट महिला भलिबल लिग आजदेखि सुरु हुँदैछ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल सुरु हुन लागेको हो। इन्फिनिटी ड्रिम्सद्वारा आइतबार आयोजित
पत्रकार सम्मेलनमा बहुप्रतीक्षित इडब्लुभिएलको तयारी पूरा भएको जानकारी दिएको छ।

असोज १९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ।यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राफ्टबाट आठ÷आठ खेलाडी अनुबन्ध गरेका छन् । एक खेलाडी ट्यालेन्ट हन्टबाट लिएका छन् । तीन विदेशी खेलाडी कोर्टमा उत्रन पाउने छन्।

आयोजक इन्फिनिटी ड्रिम्सले सार्वजनिक गरेको खेलतालिका अनुसार असोज १४ मा उद्घाटन खेलमा काठमाडौँ स्पाइकर्सले ललितपुर क्विन्सविरुद्ध खेल्ने
छ। आजैै मधेश युनाइटेडविरुद्ध कर्णाली यस्भिस तथा चितवन शक्तिविरुद्ध गण्डकी थन्डर्सबिच पनि खेल हुने छ।

लिगमार्फत महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र नेपाली महिला भलिबल विकासमा महत्ववपूर्ण योगदान पु¥याउने विश्वास रहेको आयोजक इन्फिनिटीले जनाएको छ। राउन्ड रोविन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबिच असोज १९ मा फाइनल खेल हुने छ।

 

ट्रेण्डिङ