हामीसँग जोडिनुहोस

विपद पीडितको भरोसा बन्दै जब नगरप्रमुख वासुदेव थापाको  नेतृत्वमा स्थानीय सरकार गाउँ पस्यो

5 मिनेट
======================================================

शनिवार आएको यो विकराल अबस्थामा शून्य मनस्थितिमा रुमलिएका यहाँका पीडित नागरिकका लागि विपदको साहारा बन्दै नगर प्रमुख वासुदेव थापा सिंगो स्थानीय सरकारको टिम लिएर जब गाउँ पस्नु भयो, पीडित नागरिकमा धेरै आशा र भरोसा पलायो ।

======================================================
भक्तपुर, । सूर्यविनायक नगरपालिका उपत्यकाका विकट क्षेत्रका रुपमा चिनिएका यहाँका धेरै बस्ती एवं पर्यटकीय क्षेत्र शनिवारदेखि विद्युत र सञ्चार बिच्छेद बनेको थियो । पाँच जनाको ज्यान जाने गरि आएको पहिरोले सदरमुकाम आउने सडक मात्रै बन्द भएन, जंगलका पहाडहरु ठाउँ ठाउँमा सयौँ रुखसहित झरेको पहिरोले यहाँका १० भन्दा बढी मुख्य सडक बन्द गरायो । सात भन्दा बढी पुलहरुमा क्षति पुर्यायो, सयौँ जोखिममा परेका छन् ।
शनिवारदेखि आएको यो विकराल अबस्थामा शून्य मनस्थितिमा रुमलिएका यहाँका पीडित नागरिकका लागि विपदको साहारा बन्दै नगर प्रमुख वासुदेव थापा सिंगो स्थानीय सरकारको टिम लिएर जब गाउँ पस्नु भयो, पीडित नागरिकमा धेरै आशा पलायो । पहिरोमा परेर सूर्यविनायक–९ पलाँसे बस्ने एकाघरका नौ महिनाकी गर्भवती २४ वर्षीया दमिला शाही, बमकी चार वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाही र सोही वडाको पाटी भञ्याङ्ग नैचालको पहिरोमा एकाघरका ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको ज्यान गयो ।
नगरपालिकाले निर्माण गरेको शिव शर्किट मात्रै होइन, यहाँका थुप्रै पर्यकटीयस्थलहरु घ्याम्पेडाँडा, रानीकोट, अनन्तलिङेश्वर भ्यू टावर, माने भञ्याङ्ग, आशापुरी, नैचाल जाने मुख्य नाकाहरु पहिरोले बन्द भयो । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिबारे अध्ययन गर्न सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं. १ देखि १० सम्मका वडाध्यक्षहरु, पूर्वाधार शाखा प्रमुख जनक न्यौपाने, प्राबिधिक टोलीसहित इन्जिनियरलगायतका कर्मचारीहरु समेतको टोलीले वडा नं. १ देखि १० सम्म विपदमा परेका प्रत्येक क्षेत्रहरुको अध्ययन अनुगमन गर्दै स्थानीयहरुसंग साक्षात्कार सम्पन्न गरेको छ ।
बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको र पुर्ननिर्माणका लागि करोडौ बजेट खर्चिनु पर्ने अबस्था आएको नग
र प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “विपदका क्षेत्रहरुको अनुगमन गर्दा मन साह्रै कुडियो, आफ्नै पालामा भएका कयौ विकासहरु पुनः गर्नु पर्ने देखियो, जंगलका पहाडहरुनै झरेर क्षति पर्याएको छ, पुरानै अबस्थामा फर्काउन नगरको बजेटले भ्याउने अबस्था छैन ।” अध्ययन अनुगमनमा स्थानीय जनताहरुको गुनासो संकलन गर्ने मात्र हैन तत्काल जनताले सरकार महसुस गर्ने गरि काम गर्न निर्देशन दिएको उहाँले बताउनु भयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “मृतक परिवारलाई नगरपालिकाको तर्फबाट एक–एक लाख उपलब्ध गराउने भएका छौँ, अहोरात्र खटिएर भएपनि एक साता भित्र सबै सडकहरुमा यातायात सञ्चालन हुन सक्ने गरि डोजर लगाएर पहिरो पन्छाउने र सडक सूचारु गर्न सबै वडाध्यक्षहरुलाई निर्देशन दिएको छु, हामी सबै मिलेर छिटो भन्दा छिटो नगरलाई सहज अबस्थामा फर्काउछौँ ।”
तत्काल सडक खुलाउने, यातायात र आवतजावत सहज बनाउने, पहिरो पन्छाउने, घरमा पुगेको क्षतिहरुको अबस्था र सहयोग पुर्याउने, पहिरो रोकथामका लागि आवश्यक सामग्री दिने काम सुरु गरिसकेको बताउदै उहाँले दीर्घकालिन रुपमा तीन तहकै सरकारको बजेटले पुर्ननिर्माण गर्ने उहाँले बताउनुभयो । नगरपालिकाका उपप्रमुख भट्टराईले सिंगो स्थानीय सरकार गाउँ गाउँ पुगेर क्षतिको अबस्था जानकारी लिएको बताउदै जनताले स्थानीय सरकारको अनुभूति गर्ने गरि नगरपालिकाले आफ्नो काम सुरु गरिसकेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले नगरपालिकाले सबै वडाबाट वडागत रुपमा नै क्षतिको विवरण संकलन गरिसकेको बताउदै सोही अनुरुप अत्यावश्यक कामको थालनी गरिसकेको बताउनुभयो । बाढीपहिरो पीडितलाई राहत तथा पुर्नस्थापनाका लागि नगरपालिकाले तत्कालै आवश्यक सहयोग गर्ने र प्रदेश तथा संघीय सरकारसंग समन्वय गरि दीर्घकालिन रुपमा पुर्ननिर्माणको कार्य थालनी गरिने उहाँले बताउनुभयो ।
उहाँले पहिरोले अवरुद्ध सकड स्काभेटर प्रयोग गरि खुलाउने काम भईरहेको, पुरिएका खानेपानीको महुानअरुको संरक्षण थालनी गरिने, बाढी र पहिरोका कारण कुनै पनि संक्रमणजन्य रोगको महामारी फैलिन नदिन सर्तकता अपनाउने, त्यस्तो भएमा नगर अस्पतालमा उपचार गरिने गरि तयारी गरेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
अनुगमनमा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, ४ का वडाध्यक्ष लछुराम न्यौपाने, ५ का कार्यवाहक वडाध्यक्ष मनोज थापा, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम रावत, पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेसहित कर्मचारीहरु सहभागि थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।