हामीसँग जोडिनुहोस

अबैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्धारा कारबाही

2 मिनेट
भक्तपुर, १६ असोज । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर, आन्तरिक राजस्व कार्यालय भक्तपुर, औषधि व्यबस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य संघसहितको टोलीले सुरु गरेको भक्तपुरका औषधि पसलहरुको अनुगमनमा अबैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो ।
भक्तपुरमा अबैध रुपमा औषधि पसलहरु सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्धारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधिहरु बिक्री गर्ने गरेको, औषधि पसलबाट अबैध औषधिहरु बिक्री भइरहेकोलगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिनुभयो । अनुगमनको क्रममा भक्तपुर नगरपालिका–१ दुधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु. ३० हजार बराबरका औषधि जफल गरि रु. १० जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त फार्मेसीले औषधि विभागमा दर्ता नविकरण नगरेको, तोकिएको तामक्रममा राख्नु पर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्य भन्दा बढी मूल्य लिएर बिक्री गरेको पाईएपछि मिति नाघेका औषधि नष्ट गर्नुका साथै जरिवाना लगाईएको हो ।
त्यस्तै दुधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाही स्वरुप रु. पाँच हजार जरिवाना  लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाईएपछि उक्त औषधि जफत गरि नष्ट गरेको छ ।
त्यसैगरि सोही ठाउँका मेरिल्याण्ड फार्मेसी एण्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाईएको छ । टोलीले अनुमपति पत्र लिएर मात्रै अकुपञ्चार सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरि राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालय भक्तपुरमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहीको भिमेश्वर फार्मुसीलाई औषधिको बिल काट्दा म्याद समेत उल्लेख गर्न निर्देशन दिएको छ ।
सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्तानै नभएको औषधि बिक्रीमा राखेको पाईएपछि रु. एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ । सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाईएपछि त्यहाँका औषधि जफत गरि नष्ट गरेको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।
अनुगमन नियमित रहने बताउदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरु तामक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधिहरु बिक्रीमा राखेको पाईएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।