हामीसँग जोडिनुहोस

भक्तपुरले २३ गतेनै फूलपाती मनाउने, अष्टमी र नवमी २४ र २५ गते मनाउने

1 मिनेट
भक्तपुर, २१ असोज : यसवर्ष दशैँको फूलपातिदेखि विजयादशमीसम्म नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईत एवं तालिका विपरित भक्तपुर नगरपालिकाले आज नयाँ तालिका सार्वजनिक गरेको छ ।
आज भक्तपुरमा नगरपालिकामा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर तलेजुका मूल पूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरुस“ग छलफल गरि दशैको नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिका अनुसार भक्तपुरमा यसवर्षको दशैँको फूलपाती असोज २३ गते बुधबार ७ः३४ को शुभसाइतमा गर्ने भएको छ । तालिका अनुसार आश्विन २३ गते बुधबार विहान ७ः३४ बजेदेखि सप्तमी तिथि लाग्ने हुंदा फुलपाती मनाउने, आश्विन २४ गते बिहीबार विहान ७ः२७ बजेदेखि अष्टमी तिथि लाग्ने हुंदा अष्टमी पूजा गरी कुलछि भोय् गर्ने, आश्विन २५ गते शुक्रबार विहान ६ः५२ बजेदेखि नवमी तिथि लाग्ने हुंदा महानवमी पूजा (स्याक्व् त्याक्व्), (ता“ःपूजा) गर्ने र आश्विन २६ गते शनिबार विजयादशमी पूजा गरि टीका ग्रहण गर्ने निर्णय गरेको हो ।
तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्यलगायत स्थानीय पुजारीहरुको समेत छलफलमा  असोज २३ गते फूलपाती मनाउने निर्णय भएको हुँदा उक्त दिन भक्तपुर नगरपालिका र अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निर्णय अनुसार भने २०८१ सालको दशैं असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा, असोज २५ गते एकैदिन महाअष्टमी, कालरात्रि र महानवमी तथा असोज २६ गते बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनक र टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको समितिले तालिका सार्वजनिक गरेको थियो ।–––

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।