हामीसँग जोडिनुहोस

एमाले विरुद्ध प्रहारहरु भइरहेका छन्, त्यसलाई हामीले चिर्नुपर्छ : एमाले नेता महेश बस्नेत

3 मिनेट

भक्तपुर, ३ कार्तिक । नेकपा (एमाले)को पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेविरुद्धमा चौतर्फी रुपमा आक्रमण भइरहेको बतानु भएको छ ।
उहाँले पार्टीको नीति अनुसार गरिएका गतिविधिहरू विरुद्ध नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । मध्यपुर थिमी नगरपालिका वडा नं. ३ को दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेले सबै एमालेका नेता कार्यकर्ता एक भएर यस्ता प्रहारलाई तोड्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले र नेतृत्वविरुद्ध अनेक प्रकारका अराजकत तत्वहरुले बदनाम गराउने प्रयास गरिरहेको छ’, उहाँले भन्नुभययो, ‘त्यसको लागि एमाले पंतिले दृढताका साथ सामना गर्नुपर्छ । फेक आइडीहरुले गाली गर्छन भनेर डराउनु पर्दैन । यो कुरामा हाम्रो पंति लाग्नुपर्छ । एमाले नेपाली राजनीतिको मियो हो । एमालेकै वरिपरी अन्य राजनीति घुमिरहेको छ । तसर्थः एमाले विरुद्ध नै जस्तोसुकै प्रहार गर्छन । त्यसलाई हामीले चिर्नुपर्छ, जनतालाई वास्तकिता बुझाउनुपर्छ ।’

उहाँले हाम्रो लडाई एमालेभित्र हैन, दलाल नोकरसायी पुँजीपतिवर्ग, भ्रष्ट, तस्करको विरुद्धमा हुनुपर्छ भन्दै हाम्रो लडाई राष्ट्रघाती, अपराधीहरुको विरुद्ध हुनुपर्ने र त्यसका लागि हामी एक आपसमा लड्ने हैन, मिल्नुको कुनै विकल्प छैन भन्नुभयो । एमाले भक्तपुरका सम्पूर्ण वडादेखीका जिल्लासम्मका कमिटीहरुले ८४ सालको निर्वाचनमा जित्ने र जिताउने संकल्प गर्नुपर्ने बताउनु भएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ३ को दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, ‘जनताको मनोबल बढाउन जस्तोसुकै भूमिका निर्वाह गर्न तयार छौं । तर निर्वाचित हुँदा र नहुँदामा फरक पर्छ । निर्वाचित हुँदा पाँच केजीको घनले ढुंगालाई हाने जस्तो हुन्छ भने हार्दा एक पाउको ढुंगाले हाने जस्तो हुन्छ । त्यो ढुंगा एक पाउको घनले हान्यो भने एक पटकमा फुट्ने कुरा पाँच चोटी हान्नुपर्छ । तसर्थः आगामी निर्वाचनमा पराजित हुने कुरा दिमागमा नराखी, जित्ने र जिताउने कुरा मात्र दिमाग एमाले पंतिले राख्नुपर्छ । हार्ने छुट एमालेलाई छैन ।’ एमालेका नेता तथा कार्यकर्ताले जनताको मागलाई आफ्नो जिम्मेवारी तथा कर्तव्य बनाउन निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘जनताको घर–घरमा, टोल–टोलमा जाऔं, जनताको चाहना र आवश्यकता बुझौं । त्यसलाई बोकौं र हिडौं । अबका वडा कमिटीले नेतृत्वलाई परिचालित गरोस् । हामी हरेक ठाउँमा तपाईहरु सँगसँगै हिड्न तयार छौं । वडासहित तीन वटै तहको नेतृत्व एमालेले गरेमात्रै विकास गर्न सकिन्छ । माथिल्लो नेतृत्वमा जित्दा तथा वडामा हार्दा अपेक्षाकृत विकास गर्न नसकिएको अघिल्लो एमालेको कार्यकालको सिकाई रहेको छ । वडाले सिफारिस नदिएका कारण विकासलाई रोक्नुपरेको प्रशस्त उदाहरणहरु छन् । बजेट प्रयोग गर्न सकिएन । तसर्थः चुनाव जिताउने कुरामा लाग्नुपर्छ ।’

नेता बस्नेतले जनताको माग, चाहना र आवश्यकतालाई एमाले नेतृत्वले विकास र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । वर्तमान समयमा एमाले सरकारको नेतृत्व गरिरहेको अवस्थालाई सदुपयोग गर्दै भक्तपुरमा आगामी निर्वाचनमा तीनवटै तहमा सानदार जीत हासिल गर्ने गरी मातहतका कमिटीले जनता केन्द्रीत भई काम गर्नुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धिको साथमा जनताको दुःख र सुखको सारथीको रुपमा एमाले जनजनमा हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले एमालेको नेतृत्वमा रहेका नेताहरुले आफ्नो वडा अनिवार्य जीताउनुपर्ने धारणा राख्नुभयो । आफ्नै वडाका जनतालाई एमाले बनाउन नसक्ने व्यक्ति आगामी दिनमा एमालेको नेतृत्व हुन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘महेश कमरेडको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा विजयी भएका छौं । ५ नं. वडा मेरो हो, त्यहाँ पनि विजयी भएका छौं तर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ हामीले किन एमाले जिताउन सकेका छैंनौं ? जिताउन वडा कमिटी, नगरकमिटी तथा जिल्लाका नेतृत्वको जिम्मेवारी हो कि हैन ? हार्नुको जिम्मेवारी यसै स्थानका नेतृत्वले लिनुपर्छ कि पर्दैन ? जो नजिक भयो, उसैको धेरै जनाकारी हुने हो । कुनै कमजोरी भए उसलाई सम्झाउने हो तर नेतृत्वले वाइपास गर्ने हैन । कसैको स्वास गन्हायो भने उसलाई नै भन्ने हो तर अरुलाई हल्ला गर्दै हिड्ने हैन ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलाल, जिल्ला अध्यक्ष बचन देउजा लगायतका प्रदेश तथा स्थानीय तहका नेताहरुले शुभकामना राख्नुभयो । त्यस्तै वडाका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।