हामीसँग जोडिनुहोस

स्वास्थ्य मन्त्री किरण थापाद्धारा वागमति प्रदेशका १३ अस्पताल प्रमुखहरुसंग सेवा प्रवाहबारे बृहत छलफल

1 मिनेट

हेटौडा, ६ कात्तिक । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज वागमति प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रदेश अन्तर्गतका अस्पतालहरुको मेडिकल सुपरिटेण्डेन्ट एवं निर्देशकहरु, मन्त्रालयका उच्चस्तरिय कर्मचारीहरुसंग प्रदेश स्तरीय अस्पतालको अबस्था, अबसर, चुनौती र समस्याहरुका बिषयमा सयुक्त रुपमा छलफल गर्नु भएको छ ।

आज उहाँले वागमति प्रदेश अन्तर्गतका १३ जिल्लाका अस्पतालहरुको अबस्था कस्तो छभन्नेबारेमा जानकारी दिन छलफल गर्नु भएको हो । उहाँलाई १३ वटै अस्पतालका मेसुहरुले अस्पतालको वर्तमान अबस्था, सुधारका पक्षहरु, समस्या र समाधानका पायहरुकाबारेमा जानकारी गराउनु भएको थियो ।

मन्त्री थापाले आफ्नो कार्यकालमा १३ वटै जिल्लाका अस्पतालहरुको स्तरोन्नतीदेखि जनशक्ति परिचालनसम्म, सेवा विस्तारदेखि जनताको सहज स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रदेश सरकारले आवश्यक सहयोग पुर्याउने बताउनुभयो ।

उहाँले १३ वटै जिल्लाका जनताले सहज र गुणस्तरीय सेवा पाउने गरि अस्पतालको सेवा विस्तारलाई अगाडि बढाउने बताउदै मन्त्रालयको नीति, निर्देशन र लक्ष्य विपरित नजान निर्देशनसमेत दिनुभयो । अस्पतालमा जनगुनासो नआउने गरि सेवा प्रवाह गर्न समेत उहाँले अस्पताल प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य अबस्था प्रतिकुल रहदाँ पनि औषधि सेवन गरेर दिनभर अस्पतालका मेसुहरुसंग अस्पतालका अबस्थाकाबारेमा मन्त्री थापाले जानकारी लिनु भएको थियो ।

कार्यक्रममा मन्त्रालयकासचिब बद्रीबहादुर खडका, मदन भण्डारी प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवाली, निर्देशनालयका प्रमुख डा. नरेन्द्र झा, प्रदेशका निर्देशक डा. खगेश्वर गेलाल , नीति तथा आयोगको सदस्य डा. दीपेन्द्र श्रेष्ठ , मन्त्री थापाको बिज्ञ सल्लाहकार डा. दिपकबिक्रम थापा लगायत मेडिकल डारेक्टरहरुसंग अन्तरक्रिया गर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।