हामीसँग जोडिनुहोस

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

0 मिनेट

काठमाडौं,१३ कार्तिक।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।