हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे मन्त्रिपरिषदको बैठक

1 मिनेट

काठमाडौं,१३ कार्तिक।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ। सरकारले यसबारे तयारी थालेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

यस्तै आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बारेमा पनि छलफल हुने जनाइएको छ। निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको गत कात्तिक ८ गते काटिदिएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको निर्देशनलाई पनि अटेर गर्दै आएका छन्। व्यवसायीले पनि महशुलको बक्यौता तिर्नु परे बिल भन्दै आएका छन्। घिसिङले सरकारलाई नटेरेको उर्जा मन्त्री खड्काको बुझाइ छ। आजको बैठकमा सो बारेमा पनि छलफल हुने जनाइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।