भक्तपुर, १३ कात्तिक : चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रु बाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका कार्यालयसंगै घुमाउनेमा तिब्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भइ सडकको खम्बामा ठाकिएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
एवं नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले बस दुर्घटना भए लगत्तै नगरपालिकाका नगर प्रहरी, जनप्रतिनिधिसमेतले घाइतेको उद्धार गरि नगर प्रमुख जीवन खत्री, नगर प्रहरीसमेत नगरपालिकाका तीन वटा गाडीमा राखेर उपचारका लागि घाइतेलाई तत्कालै भक्तपुर अस्पताल पुर्याएको जानकारी दिनुभयो । बस खम्बामा ठोकिएर दुर्घटना हुँदा विद्युतको खम्बासमेत भाचिएको उहाँले जानकारी दिनुभयो ।
