हामीसँग जोडिनुहोस

जनताले ०८४ मा माओवादी केन्द्रलाई बहुमत दिन्छन् : माओवादी केन्द्र अध्यक्ष प्रचण्ड

2 मिनेट

भक्तपुर, १५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई जनताले बहुमत जिताएर सरकारको नेतृत्व र्गा पठाउने बताउने बताउनु भएको छ ।

आज नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँं वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै आफ्नो नेतृत्व सरकारको पालामा जनताको पक्षमा भए गेका कामहरुको फेरिस्ता लिएर अहिले जनताको घरदैलोमा जाने अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले नेतृत्व गरेको सरकारको पालामा हामीले जनताको पक्षमा काम गरेको तर त्यो जनता समक्ष पुग्न सकेको थिएन, अहिले सरकारबाट बाहिर गएपछि जनतालाई त्यही कुरा सुनाउन पुगेको हामी अभियान लिएर देशव्यापी भ्रमणमा जनताका घरदैलोमा पुग्दा जनताले २०८४ मा माओवादीलाई नै बहुमत जिताएर पठाउने बताएका छन् । हामी ०८४ मा बहुमतको सरका चलाउँछौ ।”

अध्यक्ष प्रचण्डले २०६५ मा पहिलोपटक आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निणर्य मन्त्रिपरिषद्बाट गराएको स्मरण गर्दै आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निणर्य मन्त्रिपरिषदबाटै गराएको बताउनुभयो । उहाँले वागमती प्रदेशमा पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निणर्य गराउन सफल भएको बताउनुभयो ।

उहाँले वर्तमान केपी ओली नेतृत्व सरकार भ्रष्टाचारीलाई जोगाउन मात्रै केन्द्रित रहेको आरोप लगाउदै उहाँले आफनो सरकारले भ्रष्टाचाविरुद्ध अभियान चलाएकै कारण सरकार ढालेको आरोपसमेत लगाउनुभयो । यसअघि पार्टी अध्यक्ष प्रचण्डले शंखधर चोक नयाँं थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।

माओवादी केन्द्र मध्यपुरथिमि नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति, रामनारायण बिडारी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय नेताहरु लीलामणी पोखरेल, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ र रामप्रसाद सापकोटा दिपशिक्षा लगायतको समेत आतिथ्यता रहेका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले शहिद परिवारलाई सम्मान गर्नुको साथै सम्यबजी खानु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।