हामीसँग जोडिनुहोस

स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द

1 मिनेट

काठमाण्डौ, कात्तिक २० ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले एक/एक अङ्क बाँडेका छन् ।

नेपाल १२ खेलमा २ मा जीत, ८ मा हार र २ खेल रद्द हुँदा ६ अङ्कका साथ सातौँ स्थानमा छ ।  स्कटल्याण्ड ११ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा छ । क्यानडा पनि १२ खेलमा १६ अङ्कसहित रनरेटका आधारमा दोश्रो स्थानमा छ ।

अमेरिकामा घरेलु टोली, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय शृङ्खला भएको हो

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।