वासिङ्टन डीसी,२१ कार्तिक।
अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने कमला ह्यारिसले उनलाई पछ्याइरहेकी छिन् ।अन्य राज्यहरूको तुलनामा, पेन्सल्भेनियामा धेरै १९ इलेक्टोरल कलेज भोट छ ।
सन् ०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले यहाँ शून्य दशमलव ७२ प्रतिशत मतको अन्तरले जित हासिल गरेका थिए भने सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेन १ दशमलव १७ प्रतिशत मतान्तरले विजयी भएका थिए । यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबिच यसपटक कसले जित्ला भन्ने अनुमान गर्न गाह्रो छ ।