हामीसँग जोडिनुहोस

ट्राफिक प्रहरीले चाबी खोस्ने निर्णय रोक्न माग गर्दै उच्च अदालतमा रिट दर्ता

1 मिनेट

२१ कात्तिक,काठमाडौँ ।

सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत नभएको दाबीसहित रिट दायर गरेका हुन् ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहेको छ तर ट्राफिकले सुरुमै चाबी खोस्ने अभ्यास गरेकाले रोक लगाउन रिटमा माग गरिएको छ ।

ऐनको दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार दिएको तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेकोले उक्त कार्य गैरकानुनी हुने रिटमा दाबी गरिएको छ ।बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने रिटमा दाबी गरिएको छ ।यस्तो कार्यले नेपालको संविधानको धारा १६ को विपरीत हुने रिटमा उल्लेख छ । उक्त धारामा सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने रिटमा भनिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।