
२१ कात्तिक, काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले शाक्यलाई उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो ।भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।
उक्त नोट नेपाल राष्ट्र बैंकबाट निकालिएको हो भन्दै भ्रममा पारेर उनले कारोबार गर्र्ने गरेको प्रहरीले जनाएको छ ।उनीबाट १ हजार दरका श्री ९९९९ लेखिएका ४८ थान, १ हजार दरकै एसडी ०००००० लेखिएका ४० थान, १ हजार दरकै ट ५६८२१३८३ लेखिएका २५ थान र ५ सय दरको श्री ९९९९ लेखिएका २८ थान नोट बरामद गरिएको सीआईबीले जनाएको छ ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






