हामीसँग जोडिनुहोस

रास्वपाले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने

1 मिनेट

काठमाडौं :२२ कार्तिक।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ। केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको थियो। त्यसैका लागि अहिले प्राविधिक तयारीका लागि समितिको बैठक बसिरहेको समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए।

इच्छुक पार्टी सदस्यहरुले आकांक्षा राखेपछि निर्वाचन परिचालन समितिबाट सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको तयारी गरिने र सहमति हुन नसकेका स्थानमा प्राइमरी इलेक्सन पनि हुने पराजुलीले बताए। रास्वपाले प्रदेश निर्वाचन परिचालन समिति गठन गर्दा उपनिर्वाचन हुने जिल्ला, पालिका र वडा तहका सदस्य पनि समावेश गर्ने तयारी गरेको छ।

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन नै भएको थिएन। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।